नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता

Share News

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् । आइएमईले प्रति शेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार ७०० रुपैयाँ बराबरको शेयर निष्कासनका लागि कोषसँग प्रत्याभूति सम्झौता गरेको बताइएको छ । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महीनासम्म लागू रहने सम्झौतामा उल्लेख छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।