ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Share News

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्तापूँजीको ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

पुस २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।