काठमाडौं । सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत ग्राहकहरूले सिधै आईपीओ/एफपीओ/हकप्रद शेयर खरिद तथा सिआरएन नंबर लिन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको बैंकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुमति लिएर नेपालमै पहिलो पटक आफ्नो एप मार्फत शेयर आवेदन र सिआएन नंबरको सेवा लिन सकिने व्यवस्था गरेको हो ।
आईपीओ/एफपीओ/हकप्रद शेयर खरिद गर्दा भेरिफिकेसन वा रिजेक्सन लगायत कारोबारको जानकारी एप मार्फत रियल टाइममा नै प्राप्त गर्नेछन् । यसको रियल टाइम सुविधाले ग्राहकलाई बैंकका शाखा कार्यलयमा नगई सहज र झन्झट मुक्त कारोबार गर्न सहज हुने बैंकले विश्वास गरेको छ ।
हालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको थियो ।
बैंकले देशका ६० जिल्लामा फैलिएका आफ्ना १९७ ओटा शाखा, १६२ ओटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ ओटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।