लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोगमा वृक्षरोपण

Share News

काठमाडौं । काठमाडौंको टीका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ । 

‘रेभोल्युसन प्रोजेक्ट’का विज्ञहरूको नेतृत्वमा भएको उक्त वृक्षरोपणका लागि जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक, टीका विद्याश्रम उच्च माध्यमिक विद्यालयले सहकार्य गरेका थिए । 

२५० ओटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षरोपण गरिएको बताइएको छ । उक्त वृक्षरोपण ‘मियावाकी प्रविधि’बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्छ । 

लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण कार्यक्रममा सहयोग गरिएको लक्ष्मी सनराइज बैंकले जनाएको छ । 

यो कार्यक्रम ‘१००० ओटा रुख रोप्ने प्रतिबद्वता’को एक पाटो रहेको बैंकले जनाएको छ । गत महीना सम्पन्न ९ औं आमन्त्रण गल्फ प्रतियोगितामा बैंकले उक्त प्रतिबद्धता गरेको थियो । 

उक्त कार्यक्रममा विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविद् डा. जेन गुडाल पनि सहभागी भएका थिए । उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरूको समेत सराहना गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।