नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई सहयोग

Share News

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले चितवनको गायत्री वेद वेदांग संस्कृत विद्यालय गुरुकुलम्, रत्ननगरलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्यले गुरुकुलम्का प्राचार्य सुभास चालिसेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंक तथा गुरुकुलम्का अन्य वरिष्ठ पदाधिकारी समेतको उपस्थिति थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधि गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।