काठमाडौं । महालक्ष्मी विकास बैंकले यही पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजे शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि सभामा राखिएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम रहेका शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।