इन्फिनिटी लघुवित्तले पुस २९ मा साधारण सभा गर्ने, छैन लाभांश प्रस्ताव

Share News

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा नवलपरासीको गैडाकोटस्थित सहमति संस्थामा हुने कम्पनीले जनाएको छ । सभा बिहान ९ बजे शुरु हुनेछ । 

सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै यस कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थालाई मर्जर र प्राप्ति गर्न उपयुक्त देखिएमा वित्तीय संस्थाहरूको पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ । 

कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण गरेको छैन । साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।