भगवति हाईड्रोपावरले वितरण गर्‍यो ४ प्रतिशत बोनस शेयर

Share News

काठमाडौं । भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्षको ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

गत असोज १६ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश नेप्सेमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो । पुस २ गतेदेखि बोनस शेयर जम्मा गरिसकिएकाले आफ्नो खातामा शेयर जम्मा भए/नभएको यकिन गर्नसमेत कम्पनीको अनुरोध गरेको छ ।

हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूको बोनस शेयर भने शेयर अभौतिकीकरणपछि स्वतः जम्मा हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।