दोल्ती पावर कम्पनीको चौथो वार्षिक साधारण सभा पुस २९ मा

Share News

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले यही पुस २९ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभा काठमाडौंको पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १२ बजे शुरु हुने कम्पनीले जनाएको छ । 

सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।