सिटिजन्स बैंकद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाजुराको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हिमाली गाउँपालिका–१, विच्छयाँमा अवस्थित विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्वेटर प्रदान गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमबीच इसीडी र कक्षा १ देखी कक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीहरूलाई उक्त कपडा प्रदान गरिएको बैंकले जनाएको छ । 

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न परिवारबाट रहेका र उनीहरू जाडो मौसममा न्यानो कपडा खरीद गर्न नसक्ने रहेकाले उक्त सहयोग गरिएको बैंकको भनाइ छ ।

विकट हिमाली भेगका न्यून आय आर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महीनामा स्वेटर उपलब्ध गराएपछि उनीहरूको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ । 

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ ओटा शाखा, १६२ ओटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।