काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंक पुस १८ देखि १९औं वर्षमा प्रवेश गर्दैछ ।
१८औं वार्षिकोत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम गर्ने भएको छ । उक्त सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपाय लगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखी सामाजिक कार्यमार्फत आम जनमानसलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।