सिटिजन्स बैंकद्वारा बाजुराका विद्यार्थीलाई न्यानो कपडा वितरण

Share News

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याँस्थित बिच्छ्याँ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न परिवारबाट रहेकाले जाडो मौसममा न्यानो कपडा खरीद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकालाई न्यानो स्वेटर प्रदान गरिएको बताइएको छ । विद्यालयमा अयोजित एक कार्यक्रमबीच पूर्व प्राथमिक विद्यालय र कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीलाई बैंकले स्वेटर प्रदान गरेको हो । विकट हिमाली भेगका न्यून आयआर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महीनामा न्यानो स्वेटर उपलब्ध गराउँदा उनीहरूको पठनपाठनमा सहजता आउने विश्वास बैंकको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।