नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा छूट

Share News

काठमाडौं। नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छूट पाउने भएका छन् । बैंक र होटलबीच भएको दुई पक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको हो । छूटसम्बन्धी सम्झौतापत्रमा बैंकका फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र होटलका महाप्रबन्धक रवि निश्चलले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छूट दिइने भएको छ । यस्तो छूट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ । 

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने भिभान्ता होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था भएको बताइएको छ । होटलसँगको समझदारीले बैंकका ग्राहकले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने बैंकको विश्वास छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको बैंकको भनाइ छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।