आइसिएफसि फाइनान्सले ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो, कति छ ब्याजदर ?

Share News

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले आइसिएफसि फाइनान्सलाई रू.३० करोड बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृती दिएको छ ।

स्वीकृती पाएसँगै कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई सेबोनले पुस १६ गते ऋणपत्र निष्कासन गर्नका लागि स्वीकृती दिएको हो । 

कुल कित्तामध्ये कम्पनीले १ लाख २० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १ लाख ८० हजार कित्ता ऋणपत्र ब्यत्तिगत तबरबाट विक्री गर्नेछ । 

कम्पनीले आगामी ७ वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।