धान उत्पादन ४.०४ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान

फाइल तस्वीर ।

Share News

काठमाडौं । चालु आर्थिक वर्ष (आव)मा धान बालीको कुल उत्पादन ४.०४ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रवार (आज) जारी गरेको प्रेस विज्ञप्तिअनुसार चालू आवमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक अनुमान छ । 

यो आवका दुवै सिजन (वर्षे र चैते)मा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको अनुमान छ, जुन गत आवको तुलनामा १.२८ प्रतिशतले कम हो । 

औसत उत्पादकत्व भने हालसम्मकै उच्च विन्दु कायम भएको बताइएको छ । यो वर्ष धानको औसत उत्पादक ४.१९ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । 

प्रदेशगत आधारमा कोशी प्रदेश, मधेश प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कुल धान उत्पादनमा वृद्धि भएको छ भने बाँकी तीन प्रदेशहरूका उत्पादन वृद्धि नकारात्मक रहेको छ । 

रुकुम (पश्चिम)मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमी रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ । 

आव २०८०/८१ र २०८१/८२ मा प्रदेशअनुसार धान लगाइएको क्षेत्रफल (हेक्टर), उत्पादन (मेट्रिक टन) र उत्पादकत्व (मेट्रिक टन प्रतिहेक्टर)को विवरण


स्रोत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।