डिप्रोक्स लघुवित्तकी सञ्चालक पौडेलको राजीनामा स्वीकृत

Share News

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक रिता पौडेलको राजीनामा स्वीकृत गरेको छ ।

गत सोमवार बसेको कम्पनी सञ्चालक समिति बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो । उनको राजीनामा यही पुस १७ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको जानकारी कम्पनीले नेप्सेमार्फत दिएको छ ।  

उनी सर्वसाधारण समूहको तर्फबाट कम्पनीको सञ्चालक बनेकी थिइन् । उनले व्यक्तिगत कारण देखाइ राजीनामा दिएको कम्पनीले जानकारी दिएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।