नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यस वर्ष पनि लाभांश वितरण नगर्ने

Share News

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस शेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस नगर्ने निर्णय गरेको हो । 

बैठकले २०८१ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरी बैंकको ३८ औं वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेस गर्न नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेस गर्ने निर्णय पनि गरेको छ । 

बैंकले गत वर्ष पनि लाभांश दिएको थिएन । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।