एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न

Share News

काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यहीँ २०८१ पुस २५ गते, बिहिवार, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ  ।

बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । 

बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड रूपैयाँ, निक्षेप २२७.१० अर्ब रूपैयाँ र कर्जा २०४.६१ अर्ब रूपैयाँ रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ  । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।