इमर्जिङ्ग नेपालको ५० लाखभन्दा बढी कित्ता शेयरको 'लक-इन' फागुन ३ गते सकिँदै

Share News

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको 'लक-इन' अवधि आउँदो फागुन ३ गतेबाट सकिँदै छ ।

हाल कम्पनीको संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारीतर्फको ११ हजार ११२ कित्ता शेयर 'लक-इन'मा रहेको छ ।

'लक-इन' अवधि सकिएपछि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७८ फागुन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म कम्पनीका संस्थापक र कर्मचारीको शेयर 'लक-इन'मा राख्नुपर्ने प्रावधान छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।