मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांशसहितका प्रस्ताव पारित

Share News

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । 

साधारण सभाले आर्थिक वर्ष (आव) २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट कम्पनीको संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट १ जना निर्विरोध निर्वाचित भएका छन् । 

सभाले संस्थापक समूहका शेयरधनीको तर्फबाट यादव अधिकारी, रामहरि शर्मा र सुमन प्रसाद अधिकारीलाई र सर्वसाधारण समूहका शेयरधनीहरूको तर्फबाट सतिश गौतमलाई आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै सभाले कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय ठाउँसारी गरी आफ्नै भवनमा राख्नका लागि प्रवन्धपत्रको दफा २ (१) र नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा रहेको केन्द्रीय कार्यालयलाई वडा नम्बर ११ स्थित आफ्नै भवनमा राख्न लागेको हो । 

कम्पनीले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ । फाइनान्सले २७ ओटा शाखा तथा एक विस्तारित काउन्टरमार्फत देशभरका १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।