गुराँस लघुवित्तको नाफा शतप्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७० पैसा

Share News

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा शतप्रतिशत अर्थात् १०० प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ७७ लाख २८ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड ५४ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

सञ्चालन नाफा गत आवमा रू. ७९ लाख ७६ हजार रहेकोमा चालू आवमा बढेर रू. २ करोड ४५ लाख पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. २ करोड ८९ लाख रहेकोमा चालू आवमा रू. ५ करोड ६४ लाख पुगेको छ । 

चुक्ता पूँजी रू. ११ करोड ५८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ४ करोड २६ लाख सञ्चिति गरेको छ । 

कम्पनीले रू. १ अर्ब ३१ करोड सापटी लिएर, रू. ३६ करोड ८० लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७० पैसा, मूल्य आम्दानी अनुपात ८७ दशमलव २८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ८३ पैसा र तरलता अनुपात ७ दशमलव ९९ प्रतिशत रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।