महालक्ष्मी विकास बैंकका विभिन्न सहयोग कार्यक्रम

Share News

काठमाडौं। महालक्ष्मी विकास बैंकको पालुङ शाखाले मकवानपुरको थाहा नगरपालिका–११, देउरालीस्थित कालीदेवी प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका ५५ जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष असर परेको पाइएकोले ५५ थान पोलार ज्याकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

साथै बैंकले सर्वोदय परियोजनासँगको समन्वयमा दृष्टिविहीन कलाकारको सृजनशीलतालाई प्रवर्द्धन गर्न ‘अदृश्य मोतीहरू’ नामक कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग गरेको बताइएको छ । यस कार्यबाट अपांगता भएका व्यक्तिको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकको छ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको बताइएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।