राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा १४.७८ प्रतिशत बढ्यो

Share News

काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

उक्त वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशलमव ७८ प्रतिशत वृद्धि भएको छ । यी बैंकहरूले गत आवमा कुल रू. २ अर्ब २५ करोड  ४२ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ अर्ब ५८ करोड  ७५ लाख पुगेको छ । 

राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी रू. ५४ करोड ९२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ७ दशलमव १६ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा यस बैंकले रू. ५१ करोड २५ लाख नाफा कमाएको थियो । 

मुक्तिनाथ विकास बैंकले रू. ५० करोड ३१ लाख नाफा कमाएको छ । 

प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा ज्योति विकास बैंक आर्जन गरेको छ । बैंकको नाफा गत आवको तुलनामा चालू आवमा १४७ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । गत आवमा बैंकले रू. १० करोड १० लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २५ करोड १ लाख पुगेको छ ।

आठ बैंकमध्ये दुई बैंकको नाफा गत आवको तुलनामा घटेको छ भने बाँकी सबैको नाफा बढेको छ । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।