नेपालको सूचना प्रविधि उद्योगको विकासमा सरकारको कदम सकारात्मक : नास-आईटी

Share News

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज् (नास-आईटी) ले हालै नेपाल सरकारले सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कानूनमा गरेको संशोधन र सहजीकरणका लागि आभार प्रकट गरेको छ।

नासआईटीका अनुसार सरकारको यस कदमले सूचना प्रविधि उद्योगलाई सुदृढ बनाउँदै स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सकारात्मक वातावरण तयार गर्नेछ। यो प्रयासले सूचना प्रविधि क्षेत्रमा रोजगारी र निर्यातको लक्ष्य हासिल गर्न मद्दत पुर्याउने विश्वास पनि नासआईटीले व्यक्त गरेको छ।

सरकारले आगामी १० वर्षभित्र आईटी उत्पादन तथा सेवाको निर्यात ३० खर्ब रुपैयाँ पुर्याउने र यस क्षेत्रमा प्रत्यक्ष ५ लाख तथा अप्रत्यक्ष १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । नास-आईटीले सरकारको नीति र कानून कार्यान्वयनमा सहयोग पुर्याउँदै सूचना प्रविधि उद्योगको दीर्घकालीन विकासमा योगदान दिन आफू तयार रहेको बताएको छ।

नास-आईटी सूचना प्रविधि उद्योगसँग सम्बन्धित कम्पनीहरूको आधिकारिक संस्था हो । जसले नीति निर्माण, कानूनी सहयोग, र अन्य सामूहिक सवालमा भूमिका खेल्दै आएको छ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।