ज्योति विकास बैंकका ग्राहकलाई सिग्मा डाइग्नोस्टिक लेबोरेटरीमा ४० प्रतिशतसम्म छूट

Share News

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकले भक्तपुरको राधेराधेस्थित ‘सिग्मा डाइग्नोस्टिक लेबोरेटरी’मा ४० प्रतिशतसम्म छूट पाउने भएका छन् । बैंक र लेबोरेटरीले उक्त छूट प्रदान गर्ने सम्झौता गरेका छन् । 

बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै आइरहेको छ । 

हालै बैंकले धुलिखेलस्थित प्रचलित रिसोर्टहरू ‘दुसित थानी हिमालयन रिसोर्ट’ मा १५% र ‘हिमालय दृश्य रिसोर्ट’ मा १०% सम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।