आइ.सि.एफ.सि. फाइनान्सको ऋणपत्रमा ७ गुणाभन्दा बढी आवेदन

Share News

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको ऋणपत्रमा सात गुणा बढी आवेदन परेको छ । 

आइ.सि.एफ.सि. फाइनान्स र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका छन् । 

कम्पनीले गत बुधवार ३० करोड रुपैयाँको ऋणपत्रको विक्री खुला गरेको थियो । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको ३० लाख इकाई ऋणपत्र जारी गरेको थियो । उक्त ऋणपत्र आजसम्मका लागि विक्री खोलिएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।