गैरकानुनी प्रयोजनका लागि लगानी दुरुपयोग हुनबाट बचाउन एसबिआई बैंकका कर्मचारीले लिए प्रतिज्ञा

Share News

काठमाडौं । नेपाल एसबिआई बैंकका कर्मचारीले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलामा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सिएफटी प्रावधान पालना गर्ने प्रतिज्ञा गरेका छन् । 

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’का अवसरमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले काठमाडौंस्थित प्रधान कार्यालयका कर्मचारीहरूलाई उक्त प्रतिज्ञा गराएका हुन् । 

सरकारले माघ १४ लाई ‘राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसको रूपमा मनाउने घोषणा गरेसँगै बैंकले उक्त कार्यक्रम गरेको हो । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाललगायतको उपस्थिति थियो । 

यस अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीले समेत आ–आफ्ना कार्यालयमा प्रतिज्ञा लिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।