काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुमको आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
सोमवार आयोजित कार्यक्रममा आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्तरूपमा बैंकको २०२औं शाखाको उद्घाटन गरे ।
सर्वसाधारणलाई सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
आठविसकोट शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।
बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।