काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) स्टार्टअफ कम्पनी 'डीपसीक'को एआई च्याटबोट टुल ‘डीपसिक–आर वन’ लन्चपछि अमेरिकी प्रविधि कम्पनीको शेयर मूल्यमा कमी आएको छ ।
अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार ‘डीपसीक आर वन’ लन्चको एक सातामै विश्व बजारमा चर्चा चुलिएपछि सोमवार अमेरिकी चीप उत्पादक कम्पनी एनविडिया, माइक्रोसफ्ट, मेटालगायत कम्पनीको शेयर मूल्य घटेको हो ।
अमेरिकाको चीप उत्पादक कम्पनी एनविडियाले मात्रै करीब ६०० अर्ब डलर गुमाएको छ । उक्त कम्पनीको शेयर मूल्य १६ प्रतिशतले घटेको छ । कम्पनीका सीईओ जेनसेन हुआङले एकै दिन १०८ अर्ब डलर गुमाएका छन् ।
सन् २०२३ मा स्थापना भएको चिनियाँ स्टार्टअप कम्पनीले गत हप्ता च्याटजीपीटीजस्तै ओपेनएआई मोडलमा आधारित एआई च्याटबोट टुल बनाएको हो । यो च्याटजीपीटी, गुगल र मेटाका नयाँ एआई मोडलभन्दा निकै सस्तो मूल्यमा सञ्चालन हुने बताइएको छ ।
यो एप अमेरिकामा छोटो समयमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।