अलीबाबाले जारी गर्यो एआई मोडेलको नयाँ संस्करण, डिपसीक-भी ३ लाई उछिन्ने दाबी

Share News

काठमाडौं । चिनियाँ टेक जायन्ट अलिबाबाले बुधबार आफ्नो क्यूवेन २.५ आर्टिफिसिएल इन्टेलिजेन्स मोडेलको नयाँ संस्करण सार्वजनिक गरेको छ ।  चिनियाँ नयाँ वर्षको पहिलो दिन एआई मोडेलको अचानक रिलीज भयो । जतिबेला अधिकांश चिनियाँहरू छुट्टीमा थिए । चिनियाँ एआई नयाँ संस्करण डीपसीकको उपस्थिति र अस्वभाविक वृद्धि पछि उद्योगहरूमा दबाब सिर्जना गर्यो । यसले घरेलु मात्र नभइ अन्तर्राष्ट्रिय प्रतिस्पर्धीलाई समेत पराजित गरेको छ बताएको छ ।

ओपनएआई र मेटाको सबैभन्दा उन्नत ओपन सोर्स एआई मोडेललाई उद्धृत गर्दै अलिबाबाको क्लाउड युनिटले आफ्नो आधिकारिक वीच्याट अकाउन्टमा पोस्ट गरेको एक घोषणामा भनेको छ, "क्यूवेन २.५-म्याक्सले जीपीटी-४ओ, डीपसीक-भी ३ र लामा-३.१-४०५ बी बोर्ड भन्दा राम्रो काम गरेको छ।

जनवरी १० मा, डिपसीकले डिपसीक-भी ३ मोडेलद्वारा सञ्चालित एआई असिस्टेन्ट लन्च गरेको थियो । पछि जनवरी २० मा उनीहरूले आर १ मोडेल जारी गरे । कम लागतमा उच्च कार्य क्षमता भएको मोडेल जसले उद्योगलाई नै  आतंकित पारेको थियो ।

डिपसीक-आर १ को लन्चको दुई दिन पछि टिकटकको मूल कम्पनी बाइटडान्सले यसको फ्ल्यागशिप एआई मोडेलमा एक अपडेट जारी गरेको छ । जसले एआईईईमा माइक्रोसफ्ट-समर्थित ओपनएआईको ओ १ लाई पछि पारेको दाबी गरेको छ।

यसअघि सन् २०२४ को मे महिनामा डिपसीक–भी२ मोडेलको लन्चले चीनमा एआई मोडेलमा मूल्य घटाउने प्रतिश्पर्धा नै निम्त्याएको थियो । त्यसबेला अलिबाबाको क्लाउड युनिटले विभिन्न मोडलमा ९७ प्रतिशतसम्म मूल्य कटौती को घोषणा गरेको थियो ।

यद्यपि, डिपसीकका संस्थापक लियाङ वेनफेङले जुलाईमा चिनियाँ मिडिया आउटलेट वेभ्सलाई दिएको एक अन्तर्वार्तामा स्टार्टअपले मूल्य घटाउने प्रतिश्पर्धाका बारेमा "वास्ता नगरेको" र एजीआई (आर्टिफिसियल जनरल इन्टेलिजेन्स) प्राप्त गर्नु यसको मुख्य लक्ष्य भएको बताएका थिए। एजेन्सीको सहयोगमा ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।