धौलागिरी लघुवित्त करीब २१ लाख नाफामा

Share News

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० लाख ८१ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्ष यस अवधिसम्म ४ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष नोक्सानी सुधार्दै खुद नाफामा गएको हो । 

यस वर्ष इम्पेयरमेन्ट चार्जबापत कम रकम व्यवस्था गर्दा कम्पनी खुद नाफामा गएको हो । गत वर्ष १ करोड ४४ लाख रुपैयाँभन्दा बढी इम्पेयरमेन्ट चार्ज रकम रहेको कम्पनीको यस वर्ष ६७ लाख रुपैयाँभन्दा बढी मात्र यो रकम रहेको हो । 

दोस्रो त्रैमाससम्म कम्पनी करीब २१ लाख सञ्चालन नाफामा रहेको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने १ करोड २२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ छ भने जगेडा कोषमा ९ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेको छ । 

दोस्रो त्रैमाससम्म कम्पनीले ८१ करोड २२ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ३७ करोड ७४ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । 

यो अवधिसम्म कम्पनीको कर्जा प्रवाह भने २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ९३ प्रतिशत रहेकोमा यस वर्ष बढेर ५ दशमलव ५० प्रतिशत कायम भएको छ । 

वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ५६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ८९ रुपैयाँ २२ पैसा छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।