साताको नेप्से : करिब ५२ अर्बको कारोबार, ७० अर्बभन्दा बढीले पूँजीकरणमा बृद्धि

Share News

काठमाडौं । साताको कारोबारमा धितोपत्र दोस्रो बजारमा सकारात्मक रहेको देखिन्छ । कारोबार मापक सूचकहरू बढेको आधारमा गत साता बजार सरकारात्मक रहेको देखिएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत बढेको छ । 

अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ६५७ दशमलव ७७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन ४२ दशमलव शून्य ४ अंक माथी २ हजार ६९९ दशमलव ८१ विन्दुमा बन्द भएको हो ।

यो साता पाँच कारोबार दिनमा बजार दुई कारोबार दिन मात्र बढेको छ । पहिलो कारोबार दिन ६९ दशमलव ८० अंक बढेको बजार दोस्रो दिन २ दशमलव ४१ अंक बढेको थियो । तेस्रो कारोबार दिनदेखि बजार निरन्तर घटेर बन्द भएको छ । तेस्रो दिन १४ दशमलव शून्य ८ अंक, चौथो दिन ४ दशमलव ४५ अंक र पाँचौ दिन ११ दशमलव ६४ अंकले बजार घटेको हो ।

अघिल्ला दुई कारोबार दिन बढेर कायम भएको नाफा पछिल्ला कारोबार दिन बुक भएकाले समग्र बजार प्रभावित भएको जानकारहरूको बुझाई छ । लगानीकर्ताले पछिल्लो समय ढुक्क भएर लगानी नगरेको अवस्थालाई ब्रोकरहरूले औँल्याएका छन् । एक दुई दिन बजार बढ्ने बित्तीकै आत्तिएर नाफा बुक गर्ने परिपाटीका कारण बजारले दीर्घकालिक गतिलाई पछ्याउन नसकेको ब्रोकरहरूले बताएका छन् । अहिले बजार बढ्ने पर्याप्त आधारहरू तय भएपनि लगानीकर्ताको मनोबल बढ्न नसकेकाले बजार प्रभावित बनिरहेको ब्रोकरहरूको बुझाई छ ।

यो साता पाँच कारोबार दिनमा ५१ अर्ब ९५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको १० करोड ३३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता तीन कारोबार दिनमा २७ अर्ब ४५ करोड ५४ लाख रुपैयाँभन्दा बढीको ५ करोड २६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । अघिल्लो साताभन्दा यो साता कुल कारोबार रकम २४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीले र कुल कारोबार कित्ता ५ करोड ७ लाखभन्दा बढीले वृद्धि भएको हो । अघिल्लो साताभन्दा यो साता दुई दिन बढी कारोबार भएको अवस्थामा पनि औसत कारोबार रकम यो साता बढेको छ । अघिल्लो साता ९ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको १ करोड ७५ लाख भन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएकोमा यो साता १० अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको २ करोड ६ लाखभन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएको हो । अघिल्लो साताभन्दा यो साता औसत कारोबार रकम ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी र औसत कारोबार कित्रा ३१ लाख २८ हजारभन्दा बढी भएको हो ।

बजार सकारात्मक बनेसँगै कुल बजार पूँजीकरण पनि ७० अर्ब २५ करोड रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ९ अर्ब १४ करोड ७६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ कायम भएको हो ।

सातागत परिसूचकको तुलना
विवरण गत साता अघिल्लो साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) २,६९९.८१ २,६५७.७७ ४२.०४ १.५८
सेन्सेटिभ इन्डेक्स (अंक) ४५४.४७ ४४४.७२ ९.७५ २.१९
कारोबार रकम (रू. हजारमा) ५१,९५६,८१२.०४ २७,४५५,४१७.४४ २४,५०१,३९४.६१ ८९.२४
कारोबार कित्ता १०३,३९८,०६८.०० ५२,६५४,१३८.०० ५०,७४३,९३०.०० ९६.३७
औसत कारोबार रकम (रू. हजारमा) १०,३९१,३६२.४१ ९,१५१,८०५.८१ १,२३९,५५६.६० १३.५४
औसत कारोबार कित्ता २०,६७९,६१३.६० १७,५५१,३७९.३३ ३,१२८,२३४.२७ १७.८२
कुल बजार पूँजीकरण (रू. दश लाखमा) ४,४७९,३९७.६९ ४,४०९,१४७.६७ ७०,२५०.०२ १.५९

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

गत साता विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक गुमाउँदा वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाए

गत साता होटल तथा पर्यटन समूह र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । होटल तथा पर्यटन समूहको शून्य दशमलव ८८ प्रतिशत र विकास बैंकको २ दशमलव ३७ प्रतिशत परिसूचक घटेको हो । गत साता वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ७३ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको सर्वाधिक दोस्रो नम्बरमा ३ दशमलव ६६ प्रतिशत परिसूचक बढेको देखिन्छ । अघिल्लो साताको तुलनामा गत साता लघुवित्तको ३ दशमलव ४६ प्रतिशत, जीवन बीमाको २ दशमलव ४० प्रतिशत, बैंकिङको १ दशमलव ८७ प्रतिशत, अन्यको १ दशमलव ८३ प्रतिशत, लगानीको १ दशमलव ७२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७४ प्रतिशत र व्यापारिकको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक बढेको छ ।

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण गत साता अघिल्लो साता फरक प्रतिशत
वित्त २,७२२.३९ २,५७४.७६ ५.७३
निर्जीवन बीमा १३,११६.०४ १२,६५२.४१ ३.६६
लघुवित्त ५,१३७.४२ ४,९६५.८१ ३.४६
जीवन बीमा १३,१६८.८४ १२,८५९.७८ २.४
बैंकिङ्ग १,३५९.१४ १,३३४.२२ १.८७
अन्य २,१२३.२८ २,०८५.१२ १.८३
लगानी १०५.८५ १०४.०६ १.७२
उत्पादन तथा प्रशोधन ७,१६२.८९ ७,०९६.५५ ०.९३
म्युचुअल फण्ड २०.२३ २०.०८ ०.७५
जलविद्युत्‌ ३,८२३.८३ ३,७९५.५६ ०.७४
व्यापार ४,३५८.२५ ४,३५६.७० ०.०४
होटल तथा पर्यटन ६,७५६.०४ ६,८१५.७९ -०.८८
विकास बैंक ५,७२५.४४ ५,८६४.५२ -२.३७

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।