दिल्ली विधानसभा चुनाव : २७ वर्षपछि कमब्याक गर्दै सरकारमा भाजपा, काँग्रेस पत्तासाफ

Share News

दिल्ली । दिल्ली विधानसभा चुनावको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा)ले ३७ सिटमा विजय हासिल गरेसँगै केन्द्र राजधानी समेत रहेको दिल्लीमा भाजपाको सरकार बन्ने निश्चित भएको छ । 

७० सिटका लागि भएको चुनावमा बहुमतका लागि ३६ सिट आवश्यक पर्छ । जसमा भाजपाले ३७ सिटमा विजय भएको छ भने ११ सिटमा अग्रता कायम राखेको छ । निकटतम् प्रतिद्वन्दी रहेको आम आदमी पार्टीले १७ स्थान मात्रै जितेको छ भने ५ सिटमा अग्रता लिएको छ । 

आदमी पार्टीले हाल अग्रता लिएका सबै सिटमा विजय हासिल गरे पनि बहुमत पुर्याउने छैन । नतिजा  नआइसकेका सबै १६ सिट मा जित निकाले पनि आम आदमी पार्टीले महुमत पुग्ने छैन। 

शुरूआती गणनामा १ सिटमा अग्रस्थानमा देखिएको भारतीय राष्ट्रिय काँग्रेसले कुनै पनि सिटमा अग्रता लिएको छैन ।

 नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका अरविन्द केजरीवाल पराजित भइसकेका छन्  ।  त्यसबाहेक चर्चित अनुहारहरू पनि पछाडि छन् ।

दिल्लीमा फेब्रुअरी ५ मा भएको निर्वाचनमा ६०.५४ प्रतिशत मतदान भएको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।