काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका–१ र ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यी शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने बैंकको प्रतिबद्धता पूरा गर्न सहयोग पुग्ने बताइएको छ । यी शाखाबाट स्थानीय उपभोक्ताले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ सेवा प्राप्त गर्ने भएका छन् ।
उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतम, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायतको उपस्थिति थियो ।
फिदिम र फुङलिङमा शाखा सञ्चालन आएसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुगी समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकको छ । आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तीय पहँुचबाट बाहिर रहेका अन्य स्थानमा समेत शाखा विस्तार गर्दै जाने योजना बैंकले छ ।
पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करीब १४ लाखभन्दा बढी ग्राहकलाई १३१ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६७ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ ओटा संकलन केन्द्रबाट सेवा दिँदै आएको बताइएको छ । बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।