नयाँ दिल्ली (भारत) । भारतको प्रयागराजमा डेढ महीना चलेको ‘महाकुम्भ’ मेला आज (बुधवार) सम्पन्न भएको छ ।
गत पुस २९ गते पूर्णिमाको दिन शुरु भएको मेला आज (फागुन कृष्ण त्रयोदशी) महाशिवरात्रिको दिन सम्पन्न भएको हो ।
भारतीय समाचार संस्था एनडीटीभीका अनुसार महाकुम्भमा ६३ करोडभन्दा बढी श्रद्धालुले गंगा, यमुना र पौराणिक अदृश्य सरस्वती नदीको संगममा स्नान गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरूको यो मेला विश्वकै सबैभन्दा ठूलो मेला भएको दाबी गरिएको छ । प्रयागराजमा प्रत्येक १२ वर्षमा कुम्भ मेला आयोजना गरिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।