सिद्धार्थ बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनमा दियो निवेदन, ब्याजदर कति ?

Share News

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न फागुन ११ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

सेबोनबाट ऋणपत्र निष्कासन गर्न स्वीकृतl पाएपछि बैंकले कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्ने जनाएको छ ।

बैंकले आगामी १० वर्षसम्मका लागि ७ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।