रमदान बजार [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पर्व रमदान शुरु भएसँगै काठमाडौंको नृपाली जामे मस्जिद नजिकैको बजारमा सेबई, छोकडालगायत वस्तु किन्न आउने ग्राहकको चाप बढेको छ । 

रमदानमा सेबईको खीरलगायत परिकार खाने प्रचलन रहेकाले अरु बेलाभन्दा सेबईको माग बढेको हो । 

माग बढेसँगै व्यापारीहरू सडक छेउमै स्टल राखेर सेबई, छोकडालगायत वस्तु बेच्न बसेका छन् । ती स्टलमा सोमवार ग्राहकको चाप देखिएको थियो । 

व्यापारीहरूका अनुसार अहिले सेबई प्रतिकेजी ३०० देखि ५०० रुपैयाँसम्म पाइने गरेको छ । छोकडा भने प्रतिकेजी ३५० देखि ४५० रुपैयाँसम्म पाइने गरेको छ । विशेष खालको छोकडालाई भने प्रतिकेजी ६०० देखि ३ हजार रुपैयाँसम्म पर्ने गरेको छ । 

इस्लाम धर्मावलम्बीहरूको पर्व रमदान नेपालमा शनिवारबाट शुरु भएको हो । एक महीनासम्म चल्ने यो पर्वमा घाम उदाएदेखि अस्ताउँदासम्म दिनभर पानी पनि नपिई व्रत बस्ने चलन छ ।

हेर्नुस् तस्वीरहरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।