काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी प्रतिशेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्तावसमेत पारित भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।