नयाँ एआई मोडेल सार्वजनिक गरेसंगै अलिबाबाको शेयरमा उछाल, डीपसिकसंग प्रतिस्पर्धा हुने दावी

Share News

हङकङ । चीको अग्रणी प्रविधि कम्पनी अलिबाबाले बिहीवारओपनएआई र स्टार्टअप डीपसिक जस्ता प्रतिस्पर्धीहरूलाई पछाडि पार्ने दावी सहित आफ्नो नवीनतम कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ । जसको प्रभावले अलिबाबा र ह्याङ सेङ चाइना एन्टरप्राइजेज इन्डेक्समा पनि उछाल देखिएको छ । अलिबाबाको हङकङमा सूचीकृत शेयर ८ प्रतिशतले उच्च भएर बन्द भएको छ ।

अलिबाबाले आफ्नो नयाँ मोडेल  क्यूडब्ल्युक्यू - ३२बी ले "असाधारण प्रदर्शन गर्ने" बताएको छ । अलिबाबाको दावीलाई मान्ने हो भने यसले ओपनएआईको ओ १-मिनी " (गत वर्ष सार्वजनिक गरिएको कम लागतमा प्रभावकारी मोडेल) र डीपसिकको "आर १" (सबैभन्दा शक्तिशाली खुला स्रोत मोडेल) सँग प्रतिस्पर्धा गर्न सक्नेछ। कम्पनीले यस मोडेलले गणित, कोडिङ, र सामान्य क्षमतामाहरुकफ "गुणस्तरमा ठूलो सफलता हात पारेको छ। 

अलिबाबाको दावी अनुसार, यस मोडेलमा ३२ अर्ब प्यारामिटर छन् । जबकि डीपसिकको आर १ मा ६७१ अर्ब प्यारामिटर छन्। कम प्यारामिटर भएको मोडेल सानो र प्रशिक्षण दिन सजिलो हुने बताइएको छ।

डीपसिकले जनवरीमा आफ्नो आर १ मोडेल सार्वजनिक गरेर विश्वलाई चकित पारेको थियो । जसको प्रशिक्षण लागत पश्चिमा प्रतिस्पर्धीहरूभन्दा धेरै कम रहेको थियो। यस सफलताले चीन-अमेरिका प्रविधि युद्ध चलिरहेका समयमा चिनियाँ कम्पनीहरूको नवीन खोज र प्रयोगले विश्वभरका लगानीकर्ताहरूको विश्वास बढाएको छ। जसको कारण जनवरीदेखि ह्याङ सेङ चाइना एन्टरप्राइजेज इन्डेक्स ३० प्रतिशतले बढेको छ ।

अलिबाबा जसले चिनियाँ इ-कमर्स प्लेटफर्म टाओबाओ र टीमलको मालिक हो । २०२३ मा ओपनएआईको च्याटजीपीटीको काउन्टरमा "तोंगई कियानवेन" सेवा शुरू गरेको थियो । जनवरीमा कम्पनीले क्वेन २.५ म्याक्स सार्वजनिक गरेको थियो । जसले डीपसिकको भी ३ मोडेलभन्दा उत्कृष्ट प्रदर्शन गरेको दावी गरिएको छ।

गत साता अलिबाबाले आगामी तीन वर्षमा एआई र क्लाउड कम्प्युटिङमा ३८० अर्ब युआन (५२.४ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ, जुन पछिल्लो दशकमा प्रविधिका क्षेत्रमा एकै पटक गरिएको सबै भन्दा बढी लगानी हो ।

बुधवार चिनियाँ नेतृत्वले एआई, मानवाकार रोबोट, र क्वान्टम प्रविधि जस्ता उदयीमान उद्योगहरू लाई सहयोग गर्ने वाचा गरेको छ। एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।