सिन्धु विकास बैंकको स्थगित साधारण सभा चैत ८ मा

Share News

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा चैत ८ गते हुने भएको छ । बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो । 

यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएपछि पुनः चैत ८ गते काभ्रेपलाञ्चोकको मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि बस्ने गरी सभा बोलाएको हो । 

सभाले यसअघि नै समावेश गरिएका प्रस्तावहरू छलफल गरी पारित गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।