काठमाडौं। विदेशबाट हिमालयन बैंकमार्फत सामाजिक सुरक्षा कोष (सासु कोष)मा रकम जम्मा गर्न सकिने भएको छ । हिमालयन बंैक लिमिटेड र सासु कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्ने सेवाका लागि सम्झौता भएको हो ।
बंैक तथा कोषबीच भएको यस सम्झौताअनुसार योगदानकर्ताले हिमालयन बंैकमा खाता खोली बंैकले प्रदान गर्दै आएको हिमाल रेमिट, मोबाइल बंैकिङ वा कार्डमार्फत सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्ने बताइएको छ । यसरी योगदानकर्ताले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बंैकका नायव प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।