दुई वाणिज्य बैंकको ५ लाख २७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

Share News

काठमाडौं । कुमारी बैंक र सिटिजन्स बैंक इन्टनेशनलले आज कुल ५ लाख २७ हजार १२ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् ।

कुमारी बैंकले २ लाख कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र र २ लाख ८७ हजार १२ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

कुमारी बैंकको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकमा जारी भएको शेयर आगामी ३५ दिनभित्र विक्री नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।

त्यस्तै सिटिजन्स बैंकले भने प्रतिकित्ता १०० रुपैयाँ मूल्य तोकेर ४० हजार कित्ता शेयर विक्रीमा ल्याएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएको शेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । कम्पनीको यी शेयर खरीदका लागि आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।