महालक्ष्मी विकास बैंकद्वारा‘नेपाल दशैं अभियान २०२४’का विजेता घोषणा

Share News

काठमाडौं। महालक्ष्मी विकास बैंकले डिजिटल बंैकिङको प्रवर्द्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको ‘नेपाल दशैं अभियान २०२४’ का विजेता घोषणा गरेको छ । दशैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्डमार्फत कारोबार गरेका विजेता घोषणा गरिएको बताइएको छ । अभियानका विजेता क्रमश: नारायण कार्की र सन्तोषध्वज कार्की छन् । यसअन्तर्गत विजेताले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गरेको बताइएको छ । नेपालभरबाट उक्त अभियानमा ग्राहकको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियानबाट ग्राहकको नवीनतम भुक्तानीका माध्यमको प्रयोग गर्ने चाहना बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।