मानुषी लघुवित्तको छैटौं वार्षिक साधारणसभा सम्पन्न

Share News

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । भक्तपुरमा सम्पन्न सभामा सञ्चालक समितिका अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् ।

साथै सभामा शेयरधनीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले अर्को वर्ष लाभांश बाँड्न सक्ने अवस्थामा संस्थालाई पुर्याउन प्रतिबद्ध भएर काम गरेको बताइन् । स्थापनाको ६ वर्ष पूरा गरेको संस्थाकोे गत आर्थिक वर्षसम्ममा १४ ओटा जिल्लामा ३६ ओटा शाखा रहेका छन् । १० करोड ९३ लाख ७५ हजार रुपैयाँ शेयर पूँजी भएको संस्थाको जगेडा कोषमा ४ करोड २३ लाख ३४ हजार ७३२ रुपैयाँ रहेको बताइएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।