आठ महीनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय २८ अर्बभन्दा बढी, गत वर्षभन्दा ७.१२ प्रतिशत बढ्यो

Share News

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ८ महीना अर्थात् फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले रू. २८ अर्बभन्दा बढीको व्यापार गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ४३ हजार ४५६ ओटा बीमालेख जारी गरेर रू. २८ अर्ब २ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । यो बीमाशुल्क गत आवको ८ महीनाको तुलनामा ७ दशमलव १२ प्रतिशत बढी हो । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरूले रू. २६ अर्ब १६ करोड बीमाशुल्क आर्जन गरेका थिए । 

चालू आवको आठ महीनाको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी छ । यस कम्पनीले फागुन मसान्तसम्ममा रू. ४ अर्ब १ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो । यो बीमाशुल्क गत आवको तुलनामा ७ दशमलव ९४ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३ अर्ब ७१ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको  थियो । दोस्रोमा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सले रू. ३ अर्ब ३२ करोड बीमाशुल्क आर्जन गरेको छ । 

प्रतिशतका आधारमा सबैभन्दा बढी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क गत आवको तुलनामा चालू आवमा ४४ प्रतिशत वृद्धि भएको छ । गत आवको फागुन मसान्तसम्ममा रू. १ अर्ब १८ करोड बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. १ अर्ब ७० करोडभन्दा बढी पुगेको हो । 

तीन निर्जीवन बीमा कम्पनीको बीमाशुल्क गत आवको तुलनामा चालू आवमा घटेको छ भने बाँकीको बढेको छ । तीमध्ये राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क सबैभन्दा बढी १३ दशमलव ३२ प्रतिशत घटेको छ ।

कम्पनीको नाम 

कुल बीमाशुल्क रू. लाखमा 

 घटबढ प्रतिशत 

 चालू आवको फागुन मसान्तसम्म 

गत आवको फागुन मसान्तसम्म

 चालू आवको फागुन मसान्तसम्म 

शिखर इन्स्योरेन्स

40,139.56

37187.25

7.94

सगरमाथा लुम्बिनी इन्स्योरेन्स

33,244.63

30431.98

9.24

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

27,539.56

25611.36

7.53

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स

23,760.79

23023.46

3.2

हिमालयन एभरेष्ट इन्स्योरेन्स

22,105.79

20891.7

5.81

नेको इन्सुरेन्स

21,948.76

21191.25

3.57

एनएलजी इन्स्योरेन्स

18,591.26

16207.31

14.71

दि ओरियन्टल इन्स्योरेन्स

17,035.58

11824.78

44.07

युनाइटेज अजोड इन्स्योरेन्स

15,986.45

17469.32

-8.49

सानिमा जिआईसी इन्स्योरेन्स

15,710.31

15613.73

0.62

नेपाल इन्स्योरेन्स

14,024.08

9947.06

40.99

प्रभु इन्स्योरेन्स

11,615.24

12017.45

-3.35

राष्ट्रिय बीमा कम्पनी 

10,938.71

12620.16

-13.32

नेशनल इन्स्योरेन्स

7,647.79

7613.92

0.44

 कुल

280,288.51

261650.7

7.12

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।