नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ डिम्याट खातामा आयो

Share News

काठमाडौं  । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ डिम्याट खातामा आएको छ । आईपीओ पर्नेहरूको डिम्याट खातामा एनएमआईसीको सिम्बोलबाट देखिएको हो । 

डिम्याट खातामा देखिए सँगै अब कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबार शुरू हुने छ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १०१.९० रुपैयाँ देखि ३०५.७ रुपैयाँको सुरुवाती रेन्ज तोक्ने छ । यही मूल्य रेञ्ज भित्र रहेर कम्पनीको पहिलो कारोबार सुरु हुनेछ । सामान्यता अधिकतम रेन्जबाट नै कारोबार सुरु भएकोले कम्पनीको कारोबार पनि ३००५.७  मा हुने सम्भावना देखिन्छ । 

कम्पनीले निष्कासन गरेको आईपीओ  गत फागुन २३ गते बाँडफाँट भएको थियो ।  सर्वसाधारण तर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।