नेप्सेमा थपियो दुई कम्पनीको बोनस र दुई कम्पनीको हकप्रद शेयर

Share News

काठमाडौंमंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको शेयर थपिएको छ । यो दिन नेपाल एसबिआई बैंकको ३ दशमलव ८० प्रतिशत र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ दशमलव ३० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।

त्यस्तै ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद पनि मंगलवारनै नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंकको ३९ लाख ९० हजार ५७ दशमलव ८६७२ कित्ता र फरवार्ड माइक्रो फाइनान्सको १४ लाख ३ हजार ८९९ दशमलव ७६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै ङादी ग्रुप पावरको १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता र बलेफी हाइड्रोको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद नेप्सेमा सूचीकृत भएको छ । बुधवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।