नेपाल लाइफलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दी एयर २०२५’ अवार्ड

Share News

काठमाडौं। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दी एयर २०२५’ बाट सम्मानित भएको छ । सत्रौंै कर्पोरेट बिजनेस अवाडर््स २०२५ मा कम्पनी लाइफ इन्स्योरेन्स विधामा उक्त अवार्डबाट सम्मानित भएको हो । यस अवार्डका लागि मनोनीत लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफले यो अवार्ड प्राप्त गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त सम्मान ग्रहण गरेका हुन् । 

नेपाली बीमा कम्पनीको वित्तीय विवरण, सूचकांक, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्तापूँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्य, अटोमेसन तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा गरिएका कार्य, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका कार्यक्रम जस्ता मापदण्डलाई मूल्यांकन गर्दै कम्पनीलाई यो सम्मान प्रदान गरिएको बताइएको छ । कार्य कुशलता, प्रभावकारिता, पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता, लोकप्रियता, चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई अवार्डबाट सम्मानित गरिएको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।