ङादी ग्रुप पावरका अध्यक्षले दिए राजीनामा

Share News

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईले राजीनामा दिएका छन् । अध्यक्ष डा. गुरागाईले चैत २२ गते आफ्नो व्यवहारिक कारण देखाई राजीनामा दिएका हुन । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्ष डा. गुरागाईले दिएको राजीनामा स्वीकृत समेत गरेको छ ।

सञ्चालक समितिको बैठकले अध्यक्ष डा. गुरागाईको कामको उच्च मूल्याङ्कन र सम्मान गर्दै राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।