चैत मसान्तको दबाब धितोपत्र बजारमा, सातामै गुम्यो लगानीकर्ताको ४९ अर्बभन्दा बढीको सम्पत्ति

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । चैत महीनाको अन्तिम साता धितोपत्र दोस्रो बजारका सबै महत्त्वपूर्ण सूचकहरू घटेका छन् । गत साताभन्दा यो साता नेप्से परिसूचक १ दशमलव २१ प्रतिशत अर्थात् ३२ दशमलव ६९ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ७०३ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६७० दशमलव ७० विन्दुमा बन्द भएको हो । 

बजार घट्नुलाई पछिल्लो साता चैत मसान्तको दबाब रहेको जानकारहरूको बुझाई छ । शेयर धितोकर्जा लिएका लगानीकर्ताहरूले ब्याज तिर्नका लागि बजारबाट रकम जोहो गरेसँगै परिसूचकमा असर परेको जानकारहरूको भनाइ छ । चैतको दबाबपछि लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा समेत उनीहरूले गरेका छन् ।

यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९० प्रतिशत घटेको छ । कुल कारोबार रकम करीब २१ प्रतिशत घट्दा कुल कारोबार कित्तामा भने १९ दशमलव ३० प्रतिशतले कमी आएको छ । गत साता २६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको ५ करोड २१ लाख ८९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २१ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ४ करोड २१ लाख १६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

औसत कारोबार रकम र कित्तामा पनि यो साता कमी देखिएको छ । गत साता औसतमा ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको १ करोड ३० लाख ४७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ५ अर्ब २७ करोड २७ लाख रुपैयाँभन्दा बढीको १ करोड ५ लाख २९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

बजार घटेसँगै यो साता लगानीकर्ताले ४९ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति मूल्य गुमाएका छन् । कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ८९ अर्ब ३ करोड ५२ लाख रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ कायम भएको छ । प्रतिशतका हिसाबमा अघिल्लो साताभन्दा यो साता कुल बजार पूँजीकरण १ दशमलव १० प्रतिशत घटेको हो । 

सातागत परिसूचकको तुलना

विवरण यो साता गत साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) २,६७०.७० २,७०३.३९ -३२.६९ -१.२१
सेन्सेटिभ इन्डेक्स (अंक) ४४६.०३ ४५०.०८ -४.०५ -०.९
कारोबार रकम (रू. हजारमा) २१,०९१,१४३.७५ २६,६५५,०९६.२९ -५,५६३,९५२.५३ -२०.८७
कारोबार कित्ता ४२,११६,८८२.०० ५२,१८९,१९२.०० -१०,०७२,३१०.०० -१९.३
औसत कारोबार रकम (रू. हजारमा) ५,२७२,७८५.९४ ६,६६३,७७४.०७ -१,३९०,९८८.१३ -२०.८७
औसत कारोबार कित्ता १०,५२९,२२०.५० १३,०४७,२९८.०० -२,५१८,०७७.५० -१९.३
कुल बजार पूँजीकरण (रू. दश लाखमा) ४,४३९,७३९.७३ ४,४८९,०३५.२२ -४९,२९५.४९ -१.१

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तीन समूहगत परिसूचक भने बढे

यो साता समग्र धितोपत्र दोस्रो बजारको कारोबार मापक नेप्से परिसूचक घटे पनि तीन समूहगत परिसूचक भने बढेको देखिन्छ । नेप्सेका अनुसार गत साताको तुलनामा यो साता उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६१ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४२ प्रतिशत र होटल तथा पर्यटनको शून्य दशमलव १६ प्रतिशत परिसूचक बढेको छ । 

यीबाहेक बाँकी समूहका परिसूचक भने घटेका छन् । गत साता लघुवित्त समूहको परिसूचक सबैभन्दा कम शून्य दशमलव ५२ प्रतिशत घटेको छ भने व्यापारिकको सबैभन्दा बढी २ दशमलव ९४ प्रतिशत घटेको छ । त्यस्तै वित्तको १ दशमलव ८३ प्रतिशत, जलविद्युतको १ दशमलव ६९ प्रतिशत, अन्यको १ दशमलव ५५ प्रतिशत, बैंकिङको १ दशमलव ४१ प्रतिशत, जीवन बीमाको १ दशमलव ११ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९५ प्रतिशत, लगानीको शून्य दशमलव ७९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६४ प्रतिशत र लघुवित्तको शून्य दशमलव ५२ प्रतिशत परिसूचक घटेको हो ।

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

विवरण यो साता गत साता फरक प्रतिशत
उत्पादन तथा प्रशोधन ७,०७४.८८ ७,०३२.२९ ०.६१
म्युचुअल फण्ड १९.२९ १९.२१ ०.४२
होटल तथा पर्यटन ६,४३७.८६ ६,४२७.५० ०.१६
लघुवित्त ४,८२१.५३ ४,८४६.८९ -०.५२
निर्जीवन बीमा १२,२६३.७१ १२,३४२.५० -०.६४
लगानी १०९.३७ ११०.२४ -०.७९
विकास बैंक ५,४४८.४० ५,५००.५० -०.९५
जीवन बीमा १३,२७१.९३ १३,४२०.९२ -१.११
बैंकिङ्ग १,३५८.०३ १,३७७.४३ -१.४१
अन्य २,४३४.०६ २,४७२.४७ -१.५५
जलविद्युत् ३,४४५.७७ ३,५०४.९१ -१.६९
वित्त २,५४८.३४ २,५९५.८० -१.८३
व्यापारिक ४,६५५.५५ ४,७९६.३८ -२.९४

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।